शल्यक्रियापछि प्रधानमन्त्रीलाई आईसीयुमा सारियो, केही दिन अस्पतालमै राखिने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईसीयूमा सारिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गराइएको सफल शल्यक्रियापछि ओलीलाई आईसीयूमा सारिएको हो ।

शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको हो । डा. उत्तम कुमार श्रेष्ठले प्रम ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको र केही दिन अस्पतालमै राख्नुपर्ने जनाएका छन् ।

विज्ञप्ति :