डा. जोशीलाई ठक्कर दिएकाे गाडी र चालक रामेछापबाट पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको नयाँ बानेश्वरमाअवस्थित सिभिल अस्पतालका चिकित्सक डा. प्रभु जोशीलाई ठक्कर दिएर भागेको गाडीसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । बा ४ ख ६१४ नम्बरको बस र चालकलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको हो ।

महानगरिय प्रहरीले घटना भएको गाडी नियन्त्रणमा लिइएको पुष्टि गरे पनि पक्राउ परेका व्यक्तिको नाम भने खुलाएको छैन । डा. जोशी आइतबार बिहान मर्निङ वाकमा हिँडेको बेला बसले ठक्क्र दिएको थियो ।