मुख्यमन्त्री पौडेललाई दाहालको आग्रह : ‘राजधानी र नाम छिटो टुङ्ग्याउनुस्’

0
Shares

न्युज अफ नेपाल, हेटौँडा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं– ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गरेका छन् । राजधानी र नामाङ्कनको विषयमा समय खेर नफाली विकासका काममा अगमडि बढ्नुपर्ने दाहालले बताए ।

सरकारलाई विकास निर्माण गरेर आमूल परिवर्तन गर्ने अवसरसँगै सबै संरचना नयाँ बनाउँदा आएका जटिलताका विषयमा चुनौती रहेको अध्यक्ष दाहालको भनाइ छ । अब विकास निर्माणले छलाङ मार्ने बताउँदै विकासको गति सन्तोषजनक रहेको अन्तर्राष्ट्रिय एजेन्सीले बताइरहेको दाहालले दाबी गरेका छन् ।

दाहालले उपनिर्वाचनमा नेकपाप्रति जनता उत्साहित रहेको उल्लेख गर्दै आफूले अली बढी पार्टी र सङ्गठनमा जोडबल दिने भनी गरिएको निर्णयानुसार उपनिर्वाचन भएको स्थानमा पुग्दा त्यहाँ चुनाव र पार्टीप्रति जनता सकारात्मक देखिएकोले परिणाम फेरि नेकपाकै पक्षमा हुने विश्वास व्यक्त गर्नुभयो ।