प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गराइएको प्रधानमन्त्री ओलीको शल्यक्रिया सफल भएको छ ।

शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको हो ।

पेटमा समस्या देखिएपछि ओलीलाई बिहान साढे ९ बजे अस्पताल भर्ना गरिएको थियो ।