डलर साटी दिने भन्दै साढे ७ लाख ठगी गरेर फरार

0
Shares

भक्तपुर । अमेरिकी डलर साटी दिने भन्दै प्रलोभनमा पारी सूर्यविनायक बस्ने दोलखा सैलुङ गाउँपालिका ३ घर भएका ४९ वर्षीय श्रेष्ठ थरका पुरषको साथबाट अपरिचित व्यक्तिले नगद ७ लाख ५० हजार रुपैयाँ ठगी गरी सोमबार बिहान फरार भएका छन् ।

मध्यपुर ठिमी नगरपालिका २ दिव्यश्वर प्लानिङमा अपरिचित व्यक्तिले अमेरिकी डलर साट्ने भन्दै श्रेष्ठलाई बोलाई रुमालले बेरेको कागज दिई उनको साथमा रहेको उक्त नगद लिई फरार भएको बताइएको छ ।

फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।