बालिका करणीको अभियोगमा युवक पक्राउ

0
Shares

ललितपुर । चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका २४ धापाखेल बस्ने २४ वर्षीय श्यामलाल तामाङ रहेक प्रहरीले जनाएको छ ।

तामाङले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।