करिब एक लाख नगदसहित दुई जुवाडे पक्राउ

0
Shares

न्युज अफ नेपाल, पर्सा ।

बहुदरमाई नगरपालिका ४ स्थित पोखरीको डिलमा कौडा र तास खेलिरहेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालीका ९ बस्ने ५० वर्षीय बेराहिम मियाँ र वीरगंज महानगरपालिका २६ सुगौली बस्ने ३६ वर्षीय लालबाबु पटेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटेको प्रहरी टोलीले उनीहरुको साथबाट नगद ९१ हजार ८ सय ९० नेपाली रुपैयाँ, २८ हजार २ सय भारतीय रुपैयाँ, १६ वटा कौडा र ३ सेट तास समेत बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।