मादक पदार्थ सेवन गरी चालकमाथि कुटपिट गर्ने पत्रकार पक्राउ

0
Shares

न्युज अफ नेपाल, सुनसरी ।

मादक पदार्थ सेवन गरी एम्बुलेन्स चालक कुट्ने एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहवीका पत्रकार चन्दन रौनियार रहेको प्रहरीले जनाएको छ । रौनियारकाे कुटपिटबाट घाइते भएका इटहरी ५ का चालक गोपाल निरौलाको विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

घटना बाहिर आए लगत्तै एम्बुलेन्ससहित चालहरु प्रहरी कार्यालयमा भेला भएका थिए । एम्बुलेन्ससहित भेला भएका उनीहरुले दोषीलाई कडा भन्दा कडा सजाएको माग गरेका छन् । कुटपिटमा संलग्न रौनियार पक्राउ परेको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक संघ मोरङका सदस्य मनोजकुमार सिवाकोटीले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

पक्राउ परेका रौनियारलाई उजुरी परेपछि म्याद थपका लागि सोमबार जिल्ला अदालत इनरुवा लगिएको प्रहरीले जनाएको छ ।