अटोले ठक्कर दिँदा एकको मृत्यु

0
Shares

चितवन । रत्ननगर नगरपालिका ९ टिकौली जंगलस्थित राजमार्गमा अटोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ना.२ ह ६०३९ नम्बरको अटोले ठक्कर दिँदा नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरुषको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।