सिप विकास गर्न सिटिइभीटी र महासंघबीच सम्झौता

94
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

उद्योग क्षेत्रमा आवश्यक सिप पहिचान गरी सोही अनुरुप सिप विकासको माध्यमबाट सियपुक्त जनशक्ति उत्पान गरी रोजगारीको अवसर प्रदान गर्न दुई निकाय बीच सम्झौता भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायीक शिक्षा परिषद् (सिटिइभीटी) र घरेलु तथा साना उद्योग महासंघ बिच रोजगारमुलक जनशक्ति उत्पान गर्न सो सम्झौता भएको हो । सम्झौतामा सिपयुक्त प्राविधिक जनशक्तिको मा प्रक्षेपण, उत्पादन तथा रोजगारीको सम्बन्धमा सहमति गरी सम्झौता गरिएको हो ।

सिटिइभीटीका तथर्फबाट सदस्य सचिव डा. पुष्परमण वाग्ले र महासंघका तर्फबाट अध्यक्ष श्यामप्रसाल गिरीले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापछि दुई पक्षबीच सिपमुलन जनशक्ति उत्पादन र रोजगारीको अवसरको ढोका खुल्नेछ । उद्योग दिवसको अवसरमा उद्योग र तालिम प्रदायक संस्थाबीच सोमबार सम्झौता भएको हो ।

सम्झौता हस्तान्तरण कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गिरीले सिप र बजार बिचको खाडल पुर्न सम्झौताले मुख्य भुमिका खेल्ने बताउनुभयो । उहाँले सरकारले हालसम्म लगानी गरेको तालिमले सोचेजति उपलब्धता हासिल गर्न नसकेको आरोप लगाउदै अबको सम्झौताले सिपमुलक जनशक्ति उत्पादन हुने दाबी गर्नुभयो । तथ्याङक अनुसार हाल श्रम बजारमा वार्षिक ५ लाख युवाहरु रोजगारीको खोजीमा प्रवेश गरेको पाइन्छ । ती मध्य रोजगार बजारको क्षमता करिब १ लाख भन्दा कम ररहेको पाइन्छ । सम्झौतामा रोजगारी पनि दिने र नया उद्योग स्थापना गर्ने काम मुख्य रहेको छ । करिब ४ लाख हाराहारीमा रहेका लघु घरेलु तथा साना उद्योगको स्तरोन्नती गरेमात्रै नेपालमा तालिम र रोजगारीले अवसर पाउने दुवै निकायको भनाई छ । उद्योगको आवश्यकतालाई जोड्न तालिम दिने सम्झौता भएको जनाउदै महासंघका अध्यक्ष गिरीले तालिमका लागि तालिम मात्रै नभै रोजगार मुलक तालिमको लागि दुई पक्षीय सम्झौता भएको जानकारी दिनुभयो ।

सम्झौतामा संघ प्रदेश र स्थानीय तहमा जनशक्ति प्रक्षेपण कार्यक्रम संचालन गर्ने, दुई निकायबीच आवश्यकता अनुसार समन्वय गर्ने,तालिम प्रदायक शिक्षण संस्थाहरु, शिक्षालयमार्फत संञ्चालित कार्यस्थलमा आधारित सीपमूलक तालिम कार्यक्रमका प्रशिक्षाथीहरुलाई महासंघका सदस्य उद्योग व्यवसायहरुमा कार्यस्थल प्रशिक्षण दिने, औद्योगिक प्रशिक्षार्थी तालिमका लागि उद्योग पहिचान,औद्योगिक प्रशिक्षण र आवश्यक सहकार्यको लागि महासंघले सहयोग गर्ने, गुणस्तरीय सुनिश्चितताको लागि संयुक्त रुपमा नियमित अनुगमन र निरीक्षण गर्ने उल्लेख गरिएको छ ।

सम्झौतामा हस्ताक्षर गर्दै सिटिइभीटीका सदस्यसचिव डा वाग्लेले परिषद र महासंघ बीचको सहकार्यले नेपालका घरेलु तथा सानाा उद्योगको आवश्यकता अनुरुप सिप पहिचान गरी कार्यस्थलमा सिकाइको तालिम कार्यक्रम संचालन गर्न सहज हुने बताउनुभयो । दुवै संस्थाको एउटै उद्देश्य भएकोले सम्झौता गर्न सफल भएको उहाको भनाई थियो । उहाले शिपको आवश्यकता र पहिचान गरी अदक्ष जनशक्तिलाई दक्ष जनशक्तिको रुपमा परिवर्त गर्न सकिने जानकारी गराउदै गरिबीलाई न्युनिकरण गर्न सम्झौताले महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो–अब सिटिइभीटीले रोजगारमुलक जनशक्ति उत्पादन गरी रोजगारीको व्यवस्था गर्न सबै तहमा कार्यक्रम संचालन गर्नेछौ । कार्यक्रममा सिटिइभीटीका तालिम विकास महाशाखा निर्देशक टेकबहादुृर मल्लले बजारमा बिक्ने जनशक्ति उत्पादन गर्न सम्झौता भएको बताउनुभयो । महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले दुई निकाय बिच भएको सम्झौता कार्यान्वयन भए रोजगारमुलक युवा उत्पादन हुने र देशमा बेरोजारको संख्या घट्ने बताउनुभयो ।