जनज्योति क्याम्पसमा तालाबन्दी

0
Shares

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित जनज्योति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीले आज अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

क्याम्पस प्रशासनसमक्ष साताअघि प्रस्तुत गरिएका मागबारे सुनवाइ हुन नसकेपछि तालाबन्दी गरिएको सङ्घका पूर्वजिल्ला सदस्य उपेन्द्रबहादुर बमले बताउनुभयो । क्याम्पस र प्रशासन शाखामा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

विद्यार्थीहरुले शुल्क फिर्ता गर्नुपर्ने, मोटरसाइकल पार्किङको व्यवस्था गर्नुपर्र्ने, पुस्तकको व्यवस्था गर्नुपर्ने, दोहोरो अध्यापन बन्द गर्नुुपर्ने, एमबिबिएसको चौथो सेमिष्टरमा शिक्षकको व्यवस्था गर्नुपर्नेलगायत मागअघि सारेका छन् ।