प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ पक्राउ

0
Shares

ललितपुर । ललितपुर महानगरपालिका १२ लगनखेलस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेका ललितपुर हरिसिद्धि बस्ने २५ वर्षीय सन्दिप महर्जन र रिपु महर्जन रहेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले बा ८८ प ६१२ नम्बरको स्कुटर जाँच गर्दा स्कुटरमा सवार उनीहरुलाई अवैध लागूऔषध गाँजा करिब ५० ग्रामसहित फेला पारी आइतबार राति नियन्त्रणमा लिएको हो । सोही क्रममा उनीहरुले प्रहरीलाई उक्त नगद दिन खोजे पछि नगद तथा गाँजासहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।