त्रिभुवन विमानस्थलबाट १ लाख ५९ हजार साउदी रियालसहित भारतीय नागरीक पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी रियालसहित एक जना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका राहदानी नम्बर पि ९२२६३३३ वाहक भारतिय नागरिक ४७ वर्षीय अस्फाक र्मिजालाई अवैध रुपमा लुकाई छिपाई लैजान लागेको १ लाख ५९ हजार साउदी रियालसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलाभित्र फल्स बटम बानाई लुकाई छिपाई राखेको ५ सय दरका ३ सय १८ थान रकम बराबरको साउदी रियाल प्रहरीले फेला पारेको हो ।

पक्राउ भारतीय नागरिकलाई अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।