अज्ञात समूहद्वारा वडाध्यक्षको गाडीमा बम विस्फोट

0
Shares

न्युज अफ नेपाल, पोखरा ।

पोखरा महानगरपालिका वडा नंं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित घरमा पार्किङ गरी राखिएको गाडीमा बम विस्फोट भएको छ ।

सोमबार बिहान २ बजेको समयमा अज्ञात समूहले विस्फोट गराएको प्रहरीले जनाएको छ । उक्त विस्फोटबाट मानविय क्षति भने नभउको प्रहरीले बतायो ।

क्षतिग्रस्त भएको गाडीको अनुसन्धान भइरहेका प्रहरी प्रदेश कार्यालय गण्डकीका प्रमुख विनोद शर्मा घिमिरे बताए ।