गाडीले ठक्कर दिँदा डा. जोशीको मृत्यु, चालक फरार

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिक ३१ नयाँबानेश्वरमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा उक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय डा. प्रभु जोशी रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान भएको दुर्घटनामा परी गम्भीर घाइते भएका जोशीको सिभिल अस्पताल मीनभवनमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटना भएको बाह्र घण्टा बितिसक्दा पनि ठक्कर दिने सवारी साधन र चालक भने पक्राउ परेका छैनन ।

ठक्कर दिने सवारी साधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।