कन्सोटियम नेपालको अध्यक्षमा थापा चयन

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

राष्ट्रीय सभाका उपाध्यक्ष शशिकला दाहालले बाल अधिकारको बिषयमा सबै गम्भीर बन्नु पर्ने बताउनु भएको छ । बालसहभागितामा कार्यरत संस्थाहरुको सझा समुह ( कन्सोटियम) नेपालको २० औँ साधारण सभामा बोल्दै दाहालले सो कुरा बताउनु भएको हो । सो अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव राजेन्द्र पौडेल बरिष्ठ बाल अधिकारकर्मी गौरी प्रधान डा. किरण रुपाखेती लगायतले बाल अधिकार को ३० बर्षे अभियानका बारेमा आ- आफ्ना धारणा राख्नु भएको थियो ।

सभाले युवा बाल अधिकारकर्मी किरण थापालाई अध्यक्षमा चयन गरेको छ ।उपाध्यक्षमा मोहन दङ्गाल महासचिवमा सन्तोष महर्जन सचिबमा प्रदीप कुमार लामिछाने कोषाध्याक्षमा देबी रेग्मी चयन भएका छन् । सदस्यहरुमा बृजमोहन कुशबाह, उषा बिक,अनिता पाण्डे ,गङ्गा गुरुङ ,प्रकाश खतिवडा र शालिकराम पाण्डे चुनिएका छन ।सोही सधारण सभाले प्रदेश न १ मा स्वास्तिका पोख्रेल २ मा कोपिला कुमारी तिमल्सिना ३ मा प्रकाश बासी गण्डकी प्रदेशमा दिपक शर्मा ५ मा बद्री प्रसाद सुबेदी कर्णाली प्रदेशमा लक्ष्मी भट्टराई र सुदुर पश्चिम् प्रदेशमा जयबहादुर बिश्वकर्मा लाइ चयन गरेको छ।देशभर बाट बालबालिका सङ संम्बधित झण्डै ५ दर्जन संघ सस्था हरुको सहभागीता रहेको थियो ।