विप्लवका दुई कार्यकर्ता पक्राउ

0
Shares

न्युज अफ नेपाल, गुलरिया ।

नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र कार्यकर्ता २७ वर्षीय सञ्जु चौधरी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बाँसगढी नगरपालिका–३ भगराचोक र सिजी प्रालिको मूलढोकाबाट शनिबार राति प्रचार सामग्री टाँस्दै गर्दा प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो । विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरिएको छ ।

पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।