आगलागीबाट घर जलेर नष्ट

0
Shares

जुम्ला । चन्दननाथ नगरपालिका–२ कालेखोलीस्थित स्थानीयवासी विष्णु भण्डारीको घर आगलागीबाट ध्वस्त भएको छ ।

नगरपालिकाको दमकल, स्थानीय, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरी आगो नियन्त्रण गर्ने काम भइरहेको प्रहरी निरीक्षक नवीन वलीले बताउनुभयो ।

आगलागीबाट मानवीय क्षति नभए पनि घरभित्रका लत्ताकपडा, अन्नपात र भाँडाकुँडा जलेर नष्ट भएको जनाएको छ ।