एफ क्युबमा फोरके प्रोजेक्टर जडान

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

मल्टिप्लेक्स सिनेमामा नयाँ प्रविधी भित्र्याउने लहर चल्दै गर्दा चबहिल चुच्चेपाटी स्थित के एल टावरको एफ क्युब सिनेमाजको क्युब हलमा शुक्रबार देखी नयाँ फोरके प्रोजेक्टर जडान भएको छ ।

युरोपीयन टेक्नोलोजीबाट बेल्जियममा निर्मित नाइन्टिनबि मोडेलको प्रोजेक्टर नेपालमा अहिले सम्मकै अत्याधुनिक र महँगो प्रोजेक्टर रहेको छ । उक्त प्रोजेक्टरको पिक्चर क्वालिटी पनि उच्च स्तरिय रहेको छ । यस प्रोजेक्टरमा साउन्ड डिभाइस भने बस्ने सिटमानै जडान गरिएको हुन्छ । यही नँया टेक्नोलोजीका कारण क्युब ३ लाई ‘फिल द थ्रिल’ भनेर स्लोगेन नै दिइएको छ ।

यस्तै, हलमा ट्रिपल बिम नामक थ्रिडि डिभाइस पनि जडान गरिएको छ ,जुन अरु थ्रिडि डिभाइस भन्दा लाईट इफिसिएयन्सी धेरै भएको र अन्य चाइनिज डिभाइस भन्दा महँगो रहेको छ । अब क्युब ३ मा थ्रिडि फिलिम हेर्दा अध्यारोको अनुभव नहुने हलका सञ्चालक सुन्दर कुमार श्रेष्ठले बताएका छन् । एफ क्युब सिनेमाज को ३ वटा सिनेमा हल मध्ये क्युब ३ अली बिशेष रहेको र दर्शकको पहिलो रोजाइमा रहेका कारण नयाँ प्रोजेक्टर जडान गरिएको श्रेष्ठले बताए ।