चितुवाको छाला किनबेच गर्न लागेको अवस्थामा ६ पक्राउ

0
Shares

धादिङ । गजुरी गाउँपालिका.२ चालिसेबाट अवैध रुपमा चितुवाको छाला किनबेच गर्न लागेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेकोछ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका.३ बस्ने ३८ वर्षीय भाईराम प्रजा, ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञान बहादुर बिक, सोही गाउँपालिका.४ बस्ने २५ वर्षीय आषिश तामाङ, बेनिघाट रोराङ गाउँपालिका.२ बस्ने ५७ वर्षीय सन्त तामाङ र सोही गाउँपालिका.३ बस्ने २१ वर्षीय राजकुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।

चितुवाको छाला किनबेच हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले चितुवाको छाला १ थान, बा.१८ प ९६९३, ग.६प १६४५ र ग.७ प ५९६३ नम्बरका ३ वटा मोटरसाइकलसहित उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।