चितवन मेडिकल कलेजका ६ जना सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा

0
Shares

न्युज अफ नेपाल, चितवन ।

भरतपुर महानगरपालिका.५ कैलाशनगरस्थित चितवन मेडिकल कलेजको उत्तरपूर्वी कम्पाउण्डबाट २ राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको छ । मेड इन युएसए लेखिएको उक्त पेस्तोल एक थान शनिबार साँझप्रहरीले बरामद गरेको हो ।

उक्त कलेजका ६ जना सुरक्षा गार्डहरुलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको प्रहरीले जनाउको छ ।

पेस्तोल रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले बेवारिशे अवस्थामा कपडाको झोलाभित्र लुकाई राखेको उक्त हतियार फेला पारेका हो ।