न्युज अफ नेपाल, चितवन ।
चितवन मेडिकल कलेजको विद्यार्थी बस्ने होस्टलमा शनिबार दिउँसो पेस्तोल फेला परेको छ ।
मेड इन युएसए लेखिएको पेस्तोलसहित गोली फेला परेको चितवन प्रहरीले जनाएको छ । उक्त पेस्तोल कसको हो भन्नेबारे पुष्टि नभएको प्रहरीले बतायो । सबै भन्दा पहिले पेस्तोल देखेका होस्टलका गार्डले प्रहरीलाई खबर गरेका थिए ।
बरामद हतियार जाँचका लागि पठाइएको प्रहरीले बताएको छ । अनुसन्धान चलिरहेकाले कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया