जिल्ला सहकारी संघको अध्यक्षमा जोशी चयन

0
Shares

किरन धामी, दार्चुला ।

जिल्ला सहकारी संघ लिमिटेड दार्चुलाको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले धनराज जोेशीलाई अध्यक्षमा सर्वसम्मतीले चयन गरेको छ । शनिबार सम्पन्न आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले जोशीलाई संघमा लगातार तेस्रो पटक अध्यक्षको जिम्मेबारी दिएको हो । यसअघि पनि जोशीले लगातार दुई कार्यकाल सहकारी संघको अध्यक्ष पदमा विताइसकेका छन् । जोशीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको नव गठित संचालक समितिका सचिव श्याम सिंह सामन्तले जानकारी दिनुभयो ।

संघको संचालक समितिको उपाध्यक्षमा भगवती बडाल, सचिवमा श्याम सिंह सामन्त, कोषाध्यक्षमा प्रेम बल्लभ जोशीलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा हिरा सिंह धामी, जनकराज जोशी, शुक्लावती बुढाथोकी, हिरादेवी अवस्थी र लक्ष्मी मिश्रलाई सर्वसम्मत चयन गरिएको उहाले जानकारी दिनुभयो । संघको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले लेखा समिति समेत गठन गरेको सचिव सामन्तले जानकारी दिनुभयो ।

हरक सिंह बडालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरिएको उहाले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा नन्दा लोहार र शंकर सिंह महरालाइ चयन गरिएको छ । आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले विभिन्न निर्णय समेत गरेको छ ।

आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले सहकारी संघको आर्थिक वर्ष २०७५/०७६ लेखा परिक्षण प्रतिवेदन पारित, संघको आ.व. २०७६/०७७ को वार्षिक कार्यक्रम तथा बजेट पारित, आ.व. २०७६/०७७ को लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्त तथा पारिश्रमिक तोक्ने सम्बन्धमा छलफल गरि निर्णय गरिएको उहाले बताउनुभयो । यस्तै विनियम संशोधन र निर्णय पुस्तिका बन्द गर्न जिम्मेबारी दिने सम्बन्धमा छलफल गरी निर्णय गरिएको सचिव सामन्तले बताउनुभयो ।