नेपाली भूमि समावेश गरेको नक्सा हामीलाई मान्य छैन : प्रचण्ड

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अब कुनै कन्फ्युजन नरहेको र बाटो साफ भएको बताएका छन् । बाग्लुङमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले कार्यविभाजनसँगै एक जनाले सरकार र अर्कोले पार्टी बलियो बनाउने जनाएका छन् ।

उनले भने, ‘अब कुनै कन्फुजन छैन । बाटो साफ भएको छ । हामी सबै एक ढिक्का भएर अगाडि बढौं ।’ यस्तै उनले नेपालको भूमि भारतीय नक्सामा समावेश भएको विषयबारे समाधानका लागि सरकारले पहल थालिसकेको जानकारी गराएका छन् । सिमा विवादका निम्ति जुनसुकै पहल गर्न आफूहरु तयार रहेको बताउदै उनले परराष्ट्र मन्त्रालयले पत्रचार समेत गरिसकेको बताए ।

‘नेपाली भूमि समावेश गरेको नक्सा हामीलाई मान्य छैन’,  उनले भने।

प्रचण्डले बागलुङको प्रदेशसभामा हुने उपनिर्वाचनमा नेकपाबाट पनि राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही साझा उम्मेदवार भएको बताए।