विभिन्न हातहतियारसहित एक पक्राउ

0
Shares

पाल्पा । प्रहरीले शुक्रबार दिउँसो एक जनालाई विभिन्न हातहतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा निस्दि गाउँपालिका(३ मोहरीया बस्ने ६१ वर्षीय लाल बहादुर बिक रहेको प्रहरीले जनाएको छ ।

बिकलाई भरुवा बन्दुकको नाल र वड १ थान, फाईरिङ पिन ५ थान, हम्बर ३ थान, बारुद ५० ग्राम, छर्रा २ सय ग्राम, पेचकस २ थान, रेती ७ थान, फलाम काट्ने आरी १ थान र काठ काट्ने आरी १ थानसहित प्रहरीले पक्राउ गरेको हो ।

बिकले आफ्नै घरमा भरुवा बन्दुक बनाउँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी रुक्सेभन्ज्याङबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।