रसुवाको करिब ३७ हेक्टर वन अतिक्रमण


सरस्वती न्यौपाने , रसुवा ।

जिल्लाका विभिन्न भागहरुमा गरि करिब ३६ दशमलव २७ हेक्टर वन अतिक्रमणमा परेको छ ।

डिभिजन वन कार्यालय रसुवाको अनुसार बाहुन डाडाँमा ५, नाकथली मा ६ घ्याङमा ८, गोदाममा १४, तातोपानी मा ४८ बौँसेमा ९०, घरधुरीले सातसय २५ दशमलव ५६ रोपनी वन अतिक्रमण गरि घर बनाएर बसोबास गरेका छन् ।

भुकम्पपछि वन क्षेत्रको अतिक्रमण बढेकाे हो । वन क्षेत्र अतिक्रमण गर्नेहरु १ सय ७१ घरधुरी रहेका छन् । कर्मचारीहरुको अभावले पछिल्लो अतिक्रमणको तथ्याङ भने लिन नसकिएको बताइएको छ ।

भुकम्पले कारणले पनि घर भत्किएपछि घाम र पानीबाट जोगिन वन क्षेत्रकाे आश्रय लिएकाले वनको अतिक्रमण बढ्न गएको हो । सबभन्दा बढी आमाछोदिङमो गा.पा.को नागथलि र तातोपानी वन क्षेत्र उत्तरगया गा.पा. सल्लेटारमा अतिक्रण बढेको हो । ०५१ सालदेखी अतिक्रमण वन ऐन २०४९ र नियामावलि ०५१ अनुसार सामुदायिक वन क्षेत्रमा कुनै पनि संरचना बनाउन पाइदैन ।

तर वर्षेनी वन अतिक्रमण भएको डिभिजन वन कार्यालयको भनाइ रहेको छ । ०५१ सालदेखिको वन अतिक्रमण हटाउन २०६८ सालदेखी अभियान चलाइएतापनि कार्यान्वयनमा भने आउन सकेकाे छैन ।

अलि कति भएको वन भासिँदै नाङगा, डाडा र समथल भएका ठाउँहरुमा भएका रुख बिरुवा भुकम्पपश्चात टहरा बनाउन र बस्ति बस्ने भएपछि ति भागहरु उजाड हुँदै गएका छन् ।

सबभन्दा बढी तातोपानी क्षेत्रमामा रहेको छ ।  सामुदायीक वन समुह वन समिति तथा उपभोक्ता समुहलाई त्यस ठाउँमा वृक्षारोपण कार्य अघि बढाउने निर्णय समेत भएको छ ।

अतिक्रमण गरेर बसिरहेका एक सय ७१ घरधुरी लाई पूर्वाधार पुर्याइएपछि मनोवल बढेको र वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्य दलले सात वर्षदेखी अतिक्रमण गरेको क्षेत्र खालि गर्न अभियान थालेपनि राजनितिक दल र सरकारी निकायको असहयोग रहेको बताइएको छ ।