नेपाल समाचारपत्रकर्मी विक सम्मानित

0
Shares

न्युज अफ नेपाल, रामेछाप । 

नेपाल समाचार पत्र दैनिक रामेछापका जिल्ला संवाददाता सम्मानित हुनुभएको छ । विगत १८ वर्ष देखि जिल्लामा क्रियाशिल रहेको अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले जिल्ला संवाददाता रामचन्द्र विकलाई सम्मान गरेको हो ।

सहकारीको १८ औं वार्षिक साधारणसभाको अवसर पारेर विकलाई नगद दुई हजार पुरस्कार सहित सम्मान पत्र प्रदान गरेर सम्मान गरेको छ । सम्मानित हुनुहुने विक विगत ८ वर्ष देखि पत्रकारितामै सक्रिया हुनुहुन्छ ।

सहकारीको समाचार प्रशारण एवं प्रकाशनमा महत्वपूर्ण योगदान पुर्‍याए बापत सम्मानित गरिएको सहकारीले बताएको छ । सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षता तथा रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा सहकारीकमा कार्यरत उत्कृष्ट कर्मचारीको रुपमा सपना काफ्ले पौडेल पनि सम्मानित हुनुभएको छ ।