वार्नर अल्बर्ट फुटबल प्रतियोगिता सम्पन्न (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल युथ प्रोग्रामद्वारा वार्षिक रुपमा आयोजना हुँदै आइरहेको वार्नर अल्बर्ट फुटबल प्रतियोगिता यस वर्षपनि सम्पन्न भएको छ ।

फुटबल प्रतियोगितामा जुनियर तर्फ सगरमाथा फुटबल टिम प्रथम भएको छ भने अन्नपूर्ण फुटबल टिमले द्वितिय स्थान हासिल गरेको छ । यस्तै सिनियर तर्फ कमल फुटबल टिमले प्रथम स्थान र मखमली फुटबल टिमले दोस्रो स्थान हात पार्न सफल भएको छ ।

सो कार्यक्रममा मुख्य अतिथिका रुपमा अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष उपेन्द्र मान सिंह उपस्थित भएका थिए । यस्तै कार्यक्रममा अतिथिका रुपमा उपस्थित भएका वडा अध्यक्ष शोभा सापकोटा र नेपाल युथ प्रोग्रामका अध्यक्ष राजिव नेपालीबाट विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

यसका साथै नेपाल युथ प्रोग्रामद्वारा गत शुक्रबार आयोजना गरिएको नि: शुल्क दन्त क्याम्पबाट १ सय १४ जना विद्यार्थी लाभान्वित भएका छन् । उक्त क्याम्पमा स्माईल डेन्टल केयरका डा. सुदन शाक्यको टिमले सेवा प्रदान गरेको थियो ।

तस्वीर: उजाेल डंगाेल