दाइजोको मोटरसाइकल नामसारी नगरेको निहुँमा श्रीमतीको हत्या, श्रीमान पक्राउ

0
Shares

न्युज अफ नेपाल, जनकपुरधाम ।

दाइजोमा पाएको मोटरसाइकल नामसारी नगरेको भन्दै श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर. ४ मिथिलेश्वर बस्ने प्रकाश मण्डलले आफ्नै बाईस वर्षीय श्रीमती कुसुम मण्डलको हत्या गरेका छन् ।

यस अघि पनि प्रकाशले मोटरसाइकल नामसारीका लागि पटकपटक दबाब दिँदै आइरहेको खुलेको छ । मृतक कुसुमका बुवा जीवन मण्डलले दाइजोमा दिएको मोटरसाइकलकै कारण आफ्नो छोरीको हत्या भउको बताएका छन् । आर्थिक अभावका कराण दाइजोमा दिएको मोटरसाइकल नामसारी गर्न नसकेको मण्डलले बताएका छन् ।

उनले ज्वाइँ प्रकाशले सो कुराको रिसले छोरीको हत्या गरेको प्रहरी समक्ष बताएका छन् । डेढ वर्षअघि कुसुमको विवाहमा दुई लाख नगद, अपाची मोटरसाइकल, सुन र १५ तोला चाँदी समेत दाइजो दिएको माइती पक्षले जनाएका छन् ।

मृतक कुसुमको शवलाई जनकपुरधाममा रहको प्रादेशिक अस्पताल पुर्‍याएर ससुरा रामचन्द्र मण्डल फरार भएका थिए । घटना शंकास्पद देखिएकोले मृतकको श्रीमान्लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।