जापानमा हुने सुर्य अवार्ड- २०१९ द्वारा नेपाल भ्रमण वर्षको व्यापक प्रचार प्रसार

0
Shares

राजबिन थापा, टोक्यो । 

जापानको राजधानी टोक्योमा हुने दोश्रो सुर्य ईन्टरनेशनल अवार्ड- २०१९ द्वारा नेपाल भ्रमण वर्ष २०२० को व्यापक प्रचार प्रसार हुने आयोजकले बताएका छन् । नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा हुन लागेकाे उक्त अवार्डद्वारा जापानि नागरिकहरुलाई नेपालको कला संस्कृतिको बारेमा जानकारी गराउदै नेपाल भ्रमणका लागि उत्प्रेरित गरिने सुर्य ईन्टरनेशनल अवार्डका निर्देशक एवं प्रमुख वासुदेव लामिछानेले बताए। जापानमा सबैभन्दा बढि नेपाली कलाकारहरु उपस्थित भएर हुन लागेको साे कार्यक्रम ऐतिहासिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कलाकारहरु लाई नेपाल एयरलायन्स बाट जापान ल्याउने र नेपाल लैजाने व्यवस्था मिलाइएको छ। उक्त अवार्ड कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, विजय लामा, अनमोल केसी, भुवन केसी, सरिता लामिछाने, रिषि लामिछाने, समीर बलामी, मिरा स्याम्बो, साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ, स्वेता खड्का, दिपा श्री निरौला, राजश पायल राई, बर्षा राउत, कमल खत्री, बुद्धि तमाङ्ग ( हैट), सन्दिप क्षेत्री, मञ्जु पौडेल, टिका प्रसाई, दिपेन्द्र लामा, रोहित अधिकारी, सुवास थापा, नरेश भट्टराई, लक्ष्मण सुवेदी, शुशिल पौडेल, प्रदिप कार्की, सुमन गिरी भान्जा, श्रीधर पौडेल, कुवेर डंगोल, विजय बस्याल लगायतका ५३ जनाको टोलीको उपस्थिति रहने छ।

उक्त दोश्रो सुर्य ईन्टरनेशनल अवार्ड- २०१९ टोकियोको नाकानो जिरो हलमा आउँदो आईतवार नोभेम्वर २४ मा साँझ ६ बजेबाट सुरु हुने छ । कार्यक्रमका लागि आयोजक पक्षले डिपेण्डेन भिषाका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाएको उक्त अवार्ड कार्यक्रममा प्रबन्ध निर्देशक शम्भु लामिछानेले जानकारी दिए। साथै उनले जापानमा रहेका नेपालीहरुलाई उक्त ऐतिहाशिक कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेका छन्।

अवार्डसँगै भोली पल्ट क्रुज पार्टी , नेपालको कला संस्कृति एवं नेपाल वारे नेपाली र जापनिज विच वृहत अन्तरक्रिया कार्यक्रम लगायतका अन्य विभिन्न कार्यक्रमहरु हुने बताइएको छ।