प्रसाईंसहित दर्जनौँ कार्यकर्ताद्वारा पार्टी परित्याग गरेको घोषणा

0
Shares

भद्रपुर । समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य देवकला प्रसाईंसहित झापाका दर्जनौँ कार्यकर्ताले सो पार्टी परित्याग गर्नुभएको छ ।

परित्याग गर्नेमा प्रसाईंसहित सो पार्टीको प्रदेश नं १ कमिटी सदस्य पनिता ढकाल, सङ्घीय परिषद् सदस्य उदय गुरुङ, शिल्पी मोर्चाका केन्द्रीय सदस्य बुद्ध बराइलीलगायत हुनुहुन्छ । उहाँहरुले आज प्रेस विज्ञप्ति जारी गरी पार्टीकोे कार्यदिशा अस्पष्ट भएकाले परित्याग गरेको जनाउनुभएको छ ।

गत स्थानीय तहको निर्वाचनमा केन्द्रीय सदस्य प्रसाईं अर्जुनधारा नगरपालिकाको प्रमुख र प्रदेश सदस्य ढकाल मेचीनगर नगरपालिकाको उपप्रमुखमा तत्कालीन नयाँ शक्ति पार्टीका तर्फबाट उम्मेदवार हुनुभएको थियो ।