ईश्वरराज ढकाल
उपकुलपति रिक्त भएको करिब डेढ महिना पुगिसकेको छ। मुलुकका ६ विश्वविद्यालयको नयाँ उपकुलपति छान्न सर्च कमिटीलाई हम्मे पर्न थालेको छ।
शिक्षा मन्त्रालयले विश्वविद्यालयमा उपकुलपति बन्न इच्छुक विज्ञको नाम मागेपछि निवेदन दिनेको संख्याह्वात्तै बढेको छ।
‘हामी हतारमा भन्दा पनि विश्वविद्यालयको समग्र विकासमा दत्तचित्त भएर काम गर्ने विज्ञको खोजीमा छौं, सबै विज्ञको विषयमा थप अध्ययन गरेपछि बल्ल सिफारिस गर्ने तयारी गरिरहेका छौं।’
सोचेभन्दा बढीले आवेदन दिएपछि कसलाई उपकुलपति बनाउने भन्ने विषयमा गहन छलफल शुरू भएको छ। चारवटा विश्वविद्यालयको उपकुलपति छनोट गर्न बनेको सर्च कमिटीका अध्यक्ष एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चाँडै उपकुलपति सिफारिस गर्ने वचन दिनु भए तापनि सफल भएको छैन।
तर मन्त्रालयको उच्च शिक्षा महाशाखाले उपकुलपतिको रोस्टर तयार गरी धमाधम सर्ट लिस्ट निकाल्न शुरू गरेको छ। अहिले पूर्वाञ्चल, नेपाल संस्कृत, कृषि तथा वन, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पोखरा विश्वविद्यालयमा उपकुलपति रिक्त छन्।
कमिटीले करिब १५ वर्षको अनुभव, प्रशासनिक दक्षता र प्राडा हुनै पर्ने प्रावधानलाई पहिलो छनोटको विषय बनाएको छ। आवेदन दिएकामध्ये सहप्राध्यापकलाई कमिटीले रोस्टरबाट हटाएको छ। उपकुलपति बन्न इच्छुकले शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखा, मन्त्री, सचिव र सचिवालयमा लिखित र मेलमार्फत अनुभव र योग्यतासहितको आवेदन पेस गरेका थिए। ‘त्यतिमात्रै होइन रिसर्च, परफरमेन्सको समेत मूल्यांकन गरिरहेका छौं।’ –डा. झाले भन्नुभयो। विश्वविद्यालयहरूको सहकुलपतिसमेत रहनुभएका मन्त्री पोखरेल नेपाल आएपछि थप छलफल गरी प्रत्येक विश्वविद्यालयका लागि ३–३ जनाको नाम सिफारिस गर्ने तयारी कमिटीले गरेको छ।
त्यस्तै नेपाल संस्कृत विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पद पनि रिक्त छन्। पाँचमध्ये सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित सर्च कमिटीमा राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झा (शिक्षा) संयोजक रहनुभएको छ।
६ वटै विश्वविद्यालयको छनोट कमिटीमा मन्त्री पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. झा र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदी सदस्य रहनुभएको छ।
दुई विश्वविद्यालयका उपकुलपति छनोट गर्न गठित सर्च कमिटीका संयोजक र चारवटा विश्वविद्यालयका उपकुलपति छनोट गर्न गठित सर्च कमिटीका सदस्य डा. झाले यो महिनाभित्र सबै विश्वविद्यालयका उपकुलपति र आयोगका पदाधिकारीको सिफारिस भइसक्ने जानकारी दिनुभयो।
उहाँले भन्नुभयो– ‘आवेदन दिएका झन्डै २ सय ६० मध्ये रोस्टर तयार गरी छनोटमा परेका १ सय ७८ जनाका विषयमा अध्ययन भइरहेको छ।’
‘हामी हतारमा भन्दा पनि विश्वविद्यालयको समग्र विकासमा दत्तचित्त भएर काम गर्ने विज्ञको खोजीमा छौं, सबै विज्ञको विषयमा थप अध्ययन गरेपछि बल्ल सिफारिस गर्ने तयारी गरिरहेका छौं।’ –उहाँले भन्नुभयो। कमिटीले आवेदन दिएर पहिलो चरणमा छनोटमा परेका सबैको अध्ययन गरिरहेको छ।
कमिटीले करिब १५ वर्षको अनुभव, प्रशासनिक दक्षता र प्राडा हुनै पर्ने प्रावधानलाई पहिलो छनोटको विषय बनाएको छ। आवेदन दिएकामध्ये सहप्राध्यापकलाई कमिटीले रोस्टरबाट हटाएको छ।
उपकुलपति बन्न इच्छुकले शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखा, मन्त्री, सचिव र सचिवालयमा लिखित र मेलमार्फत अनुभव र योग्यतासहितको आवेदन पेस गरेका थिए।
‘त्यति मात्रै होइन रिसर्च, परफरमेन्सको समेत मूल्यांकन गरिरहेका छौं।’ –डा. झाले भन्नुभयो। विश्वविद्यालयहरूको सहकुलपतिसमेत रहनुभएका मन्त्री पोखरेल नेपाल आएपछि थप छलफल गरी प्रत्येक विश्वविद्यालयका लागि ३–३ जनाको नाम सिफारिस गर्ने तयारी कमिटीले गरेको छ।
विश्वविद्यालयको इतिहासमै पहिलो पटक उपकुलपति र सेवा आयोगको अध्यक्षका लागि रोस्टर तयार गरेको हो। रोस्टरका लागि सार्वजनिक सूचना जारी गरी रोस्टर आवेदन आह्वान गरिएको थियो।
मन्त्री पोखरेलले यसअघि नै क्षमतावान् र विश्वविद्यालय हाँक्न सक्ने व्यक्तिको विषयमा अध्ययन गरेर मात्रै सिफारिस गर्ने जनाउनुभएको थियो। मन्त्रालयले सक्षम, कम उमेरका र व्यवस्थापनमा दक्ष व्यक्तिलाई उपकुलपति बनाउनुपर्ने धारणा अघि सारेका छन्।
समितिले मन्त्रालयको भनाइलाई आधार मान्दै छनोट प्रक्रियामा जोड दिइरहेको छ। तर समग्रमा भन्नुपर्दा नेकपाको दुई तिहाइको सरकारले आफू निकटका व्यक्तिलाई उपकुलपति बनाउने प्रायः निश्चत छ।
नेकपाभित्रको पनि पूर्वमाओवादी र एमालेबीच भागबण्डा हुने सम्भावना बढी देखिएको छ। तर प्रतिपक्ष दल नेपाली कांग्रेसलाई समेत आंशिक खुसी पार्न केही विश्वविद्यालयमा उपकुपति दिने तयारी भइरहेको छ।
सदस्य झाले समग्रतामा उत्कृष्टलाई उपकुलपति बनाउन नै समिति गठन भएको बताउनुहुन्छ। कमिटीले महिलालाई पनि उपकुलपतिमा अवसर दिने तयारी गरेको छ। उपकुलपति हुन आवेदन दिएका केही व्यक्ति शक्तिकेन्द्र धाउन थालिसकेका छन्।
राजनीतिक पहुँचको आधारमा यसअघि उपकुलपति बन्न पुगेकाहरू समेत उपकुलपतिको दौडमा लागिरहेका छन्। लामो अनुभव पेस गरेका र राजनीतिमा समेत सक्रिय देखिएका केहीले आफू पुनः उपकुलपति हुनुपर्ने जनाउँदै विभिन्न दलका नेता कहाँ धाउन थालेका छन्।
प्रतिक्रिया