आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो। 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।