ट्याक्टरले किच्दा ५ वर्षीय नाबालकको मृत्यु

0
Shares

न्युज अफ नेपाल, कास्की ।

पोखरा महानगरपालिका ३२ गढीघाटस्थित सडकमा ग.१ त २८२८ नम्बरको ट्रयाक्टले कुल्चँदा एक नाबालकको ज्यान गएको छ । दुर्घटनामा सोही महानगरपालिका .३३ छपल्याङ्गट बस्ने ५ वर्षीय आकाश नेपालीको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।