अबैध रुपमा लुकाइ राखेको भरुवा बन्दुक बरामद

0
Shares

न्युज अफ नेपाल, सिन्धुली ।

प्रहरीले सुनकोसी गाउँपालिका. ७ मझुवाबाट लुकाइछिपाइ राखेको अवस्थामा भरुवा बन्दुक फेला पारेको छ । सुप्रिम लामाको गोठमा अबैध रुपमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको हो ।

लामाको गोठमा भरुवा बन्दुक लुकाइ छिपाइ राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।