दार्चुला, (नेस)।
सुदूरपश्चिम प्रदेशको दुर्गम तथा हिमाली जिल्ला दार्चुलाका सञ्चार माध्यममा कार्यरत ५१ जना पत्रकार तथा संवादाताले पत्रकार परिचयपत्र लिएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले कात्तिक २७ र २८ गते सदरमुकाम खलंगामा सञ्चालन गरेको प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, घुम्ती शिविर कार्यक्रमबाट पत्रकार तथा संवादाताले प्रेस प्रतिनिधि प्रमाणपत्र र पत्रकार परिचयपत्र लिएको घुम्ती शिविर कार्यक्रमका संयोजक एवं विभागका निर्देशक ध्रुवकुमार पोखरेलले जानकारी दिनुभयो।
दार्चुला जिल्लामा सञ्चालनमा रहेका ७ वटा एफएम रेडियो र ३ वटा पत्रिकामा कार्यरत पत्रकार र संवादाताले विभागले प्रदान गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्र र पत्रकार परिचयपत्र लिएको उहाँले बताउनुभयो।
पत्रकार परिचयपत्र प्राप्त गरेसँगै नेपाल सरकारले पत्रकारको बीमा गरिदिने भएको छ। सरकारले ५ लाखको दुर्घटना बीमा गरिदिने विभागका निर्देशक पोखरेलले बताउनुभयो।
प्रतिक्रिया