जिप दुर्घटनामा दुईको मृत्यु

0
Shares

सरिता चलाउने, सल्यान।

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–४ फलावाँमा बिहीबार भएको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने ८ जना घाइते भएका छन्।

त्रिवेणी गाउँपालिकाको फलावाँबाट दाङ तुलसीपुरतर्फ जाँदैगरेको रा१झ ४३२ नम्बरको जिप बडाखोलामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका–४ फलावाँ निवासी ६० वर्षीया कृष्णदेवी परियार र सोही ठाउँ निवासी ५९ वर्षीया यज्ञी थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

उनीहरूको उपचारको क्रममा साँढे १२ बजे राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा मृत्यु भएको हो।त्यस्तै घाइते हुनेहरूमा जिप चालक फलावाँ निवासी २८ वर्षीय सन्दिप परियार, सोही ठाउँ बस्ने २३ वर्षीया रीता रावत, ८ वर्षीया ज्योती रावत, २३ वर्षीया मोती रावत, ५५ वर्षीया सावित्रा खत्री, २२ वर्षीया तारा थापा, सोही ठाउँ निवासी २१ वर्षीया राधा बोहरा र दाङ तुल्सीपुर उपपमहानगरपालिका निवासी २८ वर्षीया दिला बुढा रहेका छन्।

घाइतेहरूको दाङ तुल्सीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अनियन्त्रित भएर जिप दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।