राष्ट्रपति मोहम्मद अब्दुल हमिदद्धारा भक्तपृुर दरबार स्क्वायरको अवलोकन


पुष्कर बुढाथोकी, भक्तपुर ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले चारदिने नेपाल भ्रमणका क्रममा पहिलो दिन आज मंगलबार भक्तपृुर दरबार स्क्वायरको भ्रमण गर्नुभएको छ ।
भ्रमणका क्रममा उहाँले दरवार क्षेत्र, पचपन्न झ्याले दरवार, गोल्डेन गेट, तौमडी स्थित पाँचतले मन्दिरको रुचीपुर्वक अवलोकन गर्नुभएको थियो ।
भक्तपुरमा राष्ट्रपति हामिदले भक्तपुरको प्रसिद्ध देवी नाँच, माँक प्याख ( बाँदर नाँच) को अवलोकन समेत गर्नुभयो ।

अवलोकनका क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बङ्गलादेशका राष्ट्रपति हमिदलाई भक्तपुरका कला र सँस्कृतिका बारेमा जानकारी गराउनुभयो । सो क्रममा हामिदलाई भक्तपुरको जुजु धौले स्वागत र भक्तपुरको प्रसिद्ध मयूर झ्याल उपहार प्रदान गरी बिदाइ गरिएको थियो ।

उहाँ दुधपाटिदेखि भक्तपुर दरवार क्षेत्रमा कारगेटमा आउनुभएको थियो । उहाँ हेलिकप्टरबाट भक्तपुरको सल्लाघारी स्थित सैनिक आवासीय महाविद्यालयमा अवतरण गर्नुभएको थियो ।

राष्ट्रपति हमिदलाई भक्तपुर दवार क्षेत्रमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसा भट्ट लगायत भक्तपुर स्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरुले स्वागत गर्नुभएको थियो ।

भ्रमणका क्रममा भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ र बङ्लादेशका लागि नेपाली राजदुत डा. बङ्शीधर मिश्र समेत सहभागि हुनुहुन्थ्यो ।
हामिदसँगै ५० जनाको प्रतिनिधि मण्डलले भक्तपुरको भ्रमण गर्नुभयो ।