त्रिभुवन विमानस्थलबाट २ केजी चाँदीसहित भुटानी नागरीक पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भन्सार छली लैजाने लागेको २ केजी चाँदीसहित एक भुटानी नागरीकलाई प्रहरीले पक्राउ गरेका छ । ड्रुक एयरको उडानद्धारा भुटानतर्फ जान लागेका राहदानी नम्बर जि १२८९३२ वाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जेलाई २ केजी चाँदीसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्सरेमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट ९९९ लेखिएको विस्कुट आकारमा १४ वटा टुक्रमा रहेको उक्त परिमाणको चाँदी फेला परेको हो ।

पक्राउ भुटानी नागरिकलाई बारमद गरिएको चाँदीसहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।