सिडनी, (एजेन्सी)।
अस्ट्रेलियाको घना आवादी रहेको पूर्वीभागमा वन डँढेलोको खतरा बढ्न थालेपछि सोमबार दुई वटा राज्यले संकटकालको स्थिति घोषणा गरेका छन्।
न्यु साउथवेल्स र क्विन्सल्यान्डमा तीन दिनदेखि फैलिरहेको यस आगोको कारण कम्तिमा तीनजना मानिसको ज्यान जानुका साथै अन्य हजारौं जना विस्थापित भइसकेका छन्।
तर सरकारी अधिकारीले मंगलबार मुलुककै सबैभन्दा ठूलो शहर सिडनीमा यसले खतरानाक प्रभाव पार्ने बताएका छन्। दुईवटा राज्यका १ सय २० वटा भन्दा बढी झ्याङ बलिरहेको अवस्था छ।











प्रतिक्रिया