७६ वर्षदेखि बाँकी अदालतको फैसला कार्यान्वयनमा आउने कहिले?


न्युज अफ नेपाल, काठमाडौं।

सर्वोच्च, उच्च र जिल्ला अदालतले गरेका हजारौं मुद्दा अझै कार्यान्वयनमा आउन सकेका छैनन् । जसले फैसला कागजको खोस्टा बन्ने खतरा बढाएको छ ।

फैसला कार्यान्वयन कार्यालयको तथ्यांक हेर्दा २००० सालदेखिका फैसला भएका मुद्दा अलपत्र परेका छन् । समन्वय अभावका कारण धेरै मुद्दा फैसला भएर पनि कार्यान्वयनमा आउन नसकेका हुन् ।

कर्तव्य ज्यान, लागूऔषध, अवैध मुद्रा निकासी, जाली राहदानी, भ्रष्टाचार, डकैती, मूर्ति चोरी, बलात्कार, मानव ओसारपसार, हातहतियार खरखजाना, खोटा चलन, विदेशी विनिमय, वैदेशिक रोजगार, अवैध कारोबारलगायतका मुद्दा फैसला भई कार्यान्वयनमा आउन सकेको छैनन् ।

७५ हजारभन्दा बढी मुद्दाहरु फैसला भएपनि कार्यान्वयनमा आउन नसकेको र यसबाट राज्यले उठाउनुपर्ने अर्बौं रुपैयाँ उठाउन सकेको छैन ।

फैसला भएपनि कार्यान्वयनमा नआउँदा पीडित पक्षले न्यायको अनुभूति गर्न पाएका छैनन् ।