राष्ट्रपति हमिद आउँदै

0
Shares

काठमाडौं, (नेस)।

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालको चारदिने औपचारिक भ्रमणका लागि आज मंगलबार काठमाडौं आउँदै हुनुहुन्छ।करिब ७० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हमिद नेपाल आउँदै हुनुहुन्छ। दिउँसो सवा एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने हमिदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली सेनाको टुकुडीले हमिदलाई सम्मान गारत अर्पण गर्नेछ।नेपाल भ्रमणका क्रममा उहाँले काठमाडौंका विभिन्न ऐतिहासिक तथा सांस्कतिक सम्पदास्थल र पोखराको समेत भ्रमण गर्ने बताइएको छ।

यो भ्रमणका क्रममा दुवै मुलुकबीचको व्यापार, लगानी र द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल हुने बताइएको छ।हमिदले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतसँग भेटवार्ता गर्ने कार्यतालिका तय गरिएको छ।

रिङरोडभित्र ठूला सवारीसाधन चलाउन नपाइनेमहानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनमा आवश्यक सहयोग पुर्याउन अनुरोध गरेको छ। बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणका क्रममा रिङरोडभित्र ठूला मालबाहक सवारी साधन नचलाउन महाशाखाले विशेष अनुरोध गरेको हो।

यस्तै वैकल्पिक सडकको प्रयोग गर्न तथा अवस्था ठीक भएका सवारी साधनमात्रै सो अवधिमा सञ्चालनमा ल्याउन पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ। यस्तै ट्राफिकसम्बन्धी समस्या तथा अन्य जानकारीका लागि ट्राफिक प्रहरीको हटलाइन १०३ प्रयोग गर्न महाशाखाले अनुरोध गरेको छ।