पद्म ज्योतिविरुद्ध पक्राउ पुर्जी जारी

0
Shares

काठमाडौं, (नेस)।

ज्योति ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पद्म ज्योतिविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले उद्योगी ज्योतिविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

ल्यान्डमार्क डेभलपर्स प्रालिका सञ्चालक रहनुभएका उहाँलाई अनुसन्धानका लागि पक्राउ गर्न पुर्जी जारी गर्न प्रहरीले अदालतमा माग गरेको थियो। प्रहरीको माग सदर गर्दै पक्राउ पुर्जी जारी गरिएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताउनुभयो।

यसअघि प्रहरीले पूर्वसहायक अर्थमन्त्री डा. रूप ज्योति र उहाँकी छोरी सुरुचिलाई पक्राउ गरिसकेको छ। प्रहरीले कात्तिक २१ गते रूपज्योति र २२ गते सुरुचिलाई काठमाडौंबाट पक्राउ गरेको थियो।

ल्यान्डमार्क डेभलपर्स प्रालिका सञ्चालकहरू २ करोड ७० लाख ठगी गरेको आरोप छ। ज्योति ग्रुपका २ सञ्चालक पक्राउ गरिसकेपछि अन्य सदस्यहरू पनि पक्राउ पर्न सक्ने त्रासमा सदस्यहरू रहेको स्रोतले जनाएको छ।