नेकपाको सचिवालय बैठक सोमवार बस्ने


न्युज अफ नेपाल, काठमाडौँ ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमवार सचिवालय बैठक बस्न लागेको छ ।

पार्टी एकताका बाँकी कामहरू पूरा गर्न सचिवालय बैठक बस्न लागेको हो बालुवाटार स्रोतले जनाएको छ ।

आइतवार सचिवालय बैठक बस्ने सन्दर्भमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो ।

पार्टी एकता भएको १७ महिना पूरा भएपनि अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व टुंगो लाग्न सकेको छैन । सोमवार बस्ने बैठकले पार्टी एकताका कामहरू पूरा गर्ने अपेक्षा गरिएको छ ।