भारतीय विस्तारवादविरुद्ध राप्रविसंको प्रदर्शन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

भारत सरकारले हालै जारी गरेको नयाँ राजनैतिक नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका भूमी जबर्जस्ती भारतमा पारेपछि नेपालमा चौतर्फी आक्रोस बढीरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पनि आज उक्त भारतीय कदमको विरोध गर्दै सडक प्रदर्शन गरेको छ ।

 

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस परिसरबाट सुरु भएको जुलुस पद्मोदय मोड, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै शान्तिवाटीकामा पुगेर समापन भएको उक्त संगठनका उपाध्यक्ष शशि भण्डारीले जानकारी दिए । राप्रविसंले छिट्टै बैठक गरेर बृहद् संघर्षका कार्यक्रम तय गर्ने भण्डारीले बताएका छन् ।