रूप ज्योतिलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

हाउजिङका नाममा ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री तथा व्यवसायी रूप ज्योतिलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

पूर्वमन्त्रीसमेत रहेका व्यवसायी रूपज्योतिले आइतबार अदालतमा आफैं बहस गरेका थिए । यसअघि दिएको ३ दिनको म्याद सकिएपछि आइतबार पुन ५ दिनको म्याद थप भएको छ ।

ज्योतीले ल्याण्डमार्क डेभलपर्सका नाममा काठमाडौं महानगरपलिका– ४ बालुवाटारका विज्ञेन्द्रकृष्ण मल्लसँग हाउजिङ बूकिङका नाममा लिएको रकम ठगी गरेको आरोप लागेको छ । रूप ज्योतिसहित उनकी छोरी सुरुचि ज्योति पनि पक्राउ परेकी छन् ।