सेनाद्वारा जुवा खालबाट पक्राउ परेका प्रमका सुरक्षा गार्डलाई प्रहरी समक्ष उपस्थित गराइयो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जुवा खालबाट पक्राउ परेका प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा गार्ड राजेन्द्र शाहीलाई नेपाली सेनाले अनुसन्धानको लागि प्रहरीसमक्ष उपस्थित गराएको छ ।

नेपाली सेनाका मेजर शाहीलाई महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले कात्तिक १५ गते टोखा नगरपालिका वडा नम्बर १० स्थित खरीबोटमा जुवा खेलिरहेको अवस्था पक्राउ गरेको थियो ।

अनुसन्धानका लागि पत्रचार गरेपछि शाहीलाई प्रहरी समक्ष उपस्थित गराइएको सेनाले जनाएको छ ।