घुस रकमसहित नायब सुब्बा पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पश्चिम रुकुमको जिल्ला अदालतमा कार्यरत एक नायब सुब्बालाई घुस लिदै गरेको अवस्थामा अख्तियारले रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा नायब सुव्बा रमेशकुमार खड्का रहेको अख्तियारले जनाएको छ । खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटेको टोलीले लाई पक्राउ गरेको हो ।

खड्काले सेवाग्राहीसँग अदालतबाट फैसला भईसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई साठी हजारबाट घुस रकम माग गरेका थिए । पन्ध्र हजार रकम नदिए कागजपत्र नदिने बताउदै सेवाग्राहीलाई दुःख दिएको सुचनाका आधारमा खड्का पक्राउ परेका हुन् ।