सात लाख रकमसहित २ हुण्डी कारोबारी पक्राउ

0
Shares

न्युज अफ नेपाल, विराटनगर ।

विराटनगरबाट ७ लाख रुपैँया हुण्डी कारोबारको रकमसहित २ जना पक्राउ परेका छन् । विराटनगर–१५ स्थित भन्सार कार्यालय अगाडिबाट को ३९ प ७३९६ नं. को मोटरसाइकल प्रयोग गरी अवैध नगद ओसारिरहेका हुण्डी कारोबारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर–१४ ओमसाइ राम टोल बस्ने ३० वर्षीय ज्योतिकुमार साह र सोही मोटरसाइकलमा पछाडी सवार भारतको अररिया – १७ जोगवनी साँहुटोल बस्ने १९ वर्षीय विक्कीकुमार साह रहेका छन् । चालक ज्योतिकुमार साहको साथबाट चार लाख रूपैँया र मोटरसाइकलमा पछाडी सवार रहेका विक्कीकुमार साहको साथबाट ३ लाख गरी कुल ७ लाख फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवत्ता डिएसपी राजकुमार खिउजूले जानकारी दिए । पक्राउ गरी तत्कालै उक्त घटनास्थलमा प्रहरीले सोधपुछ गर्दा उक्त रकम जोगवनी बजारबाट एक जना व्यक्तिले हुण्डी कारोबार अन्तर्गत पठाएको र यसरी पठाएको रकम सम्वन्धित व्यक्तिको जिम्मा लगाएपछि प्रति १ लाखको १०० पाउने गरेको भनी प्रारम्भिक चरणमा खलाएको उनले बताए ।

उनलाई कार्तिक २४ गते थप अनुसन्धान तथा काबाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा वुझाईएको मोरङ प्रहरीले जनाएको छ ।