दुर्गा काफ्लको ‘प्रेम सरोवर’ सार्वजनिक

0
Shares

न्युज अफ नेपाल, काठमाडौ । 

साहित्यकार दुर्गा काफ्लको ‘प्रेम सरोवर’ नामक दोस्रो उपन्यास संग्रह शनिवार काठमाडौको बागबजारमा आयोजित एक कार्यक्रममा साहित्यकार नेपाल प्रज्ञा प्रतिष्ठानकी  प्राज्ञ माया ठकुरीले सार्वजनिक गर्नुभएको छ ।

सहयात्री दर्पण नेपालले प्रकाशनमा ल्याएको उक्त पुस्तक विमोचन समारोहमा साहित्यकार तथा प्राज्ञ ठकुरीले साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित उपन्यास समाज र वस्तुस्थिति झल्काउन मदत पुग्ने भएको बताउनुभयो ।

ठकुरीले प्रेम भनेको नियम कानून भन्दा ठूलो बन्धन हो यो जातजाति,भाषा, संस्कृति, भुगोल कुनै पनि विषयले रोक्न र छेक्न नसक्ने अटुटर दीघजीवी बस्तुहो भन्नुभयो ।

कार्यक्रममा साहित्यकार तथा सहयात्री दर्पण नेपालका अध्यक्ष तथा प्रेम सरोवरका सम्पादक गोविन्द कँडेल ‘आँशु’ले सहयात्री दर्पण मार्फत दर्जनौ साहित्यीक पुस्तकहरु प्रकाशनमा ल्याइउन सफल भएको बताउनुभयो । उहाँले साहित्यलाई सबैले सम्मान गर्नुपर्ने भन्दै नेपाली साहित्यको संरक्षणमा सरकार लाग्नुपर्ने बताउनुभयो ।

यस्तै साहित्यकार कृष्ण धरावासीले नेपालमा उपन्यास पढ्ने रुची घट्दै जानुको कारण औल्याउँदै रचनाका विषयवस्तु दोहोरिनु नहुने बताउनुभयो । उपन्यास लेख्नु सजिलो बिषय नभै गहन अध्ययनको बिषय हो भन्ने कुरामा ध्यान पुग्नुपर्ने बताउँनुभयो ।

प्रेम सरोवर उपन्यासकी लेखिका दुर्गा काफ्लेले आफु पेशाले शिक्षीका भएपनि साहित्यमा सानै देखि रुचि भएका कारण उपन्यास सृजनामा सफल भएको बताउनुभयो । उहाँले हरेक व्यक्तिको नामसँगै जोडिने पहिचान छोरी, बुहारी, आमा, श्रीमति भएर साहित्य सिर्जना गर्न गाहे हुन्छ भनेर पछि हट्न नहुने बताउनुभयो ।